ईटहरी/ लोकप्रिय गायक शिव परियारको स्वर रहेको गीत ‘हरियो पोते’ सार्वजनिक भएको छ । गीतमा वर्षा राउत र आकाश श्रेष्ठलाई फिचर्ड गरीएको छ । माया, प्रेम र विछोडको भावलाई देखाउँन खोजिएको उक्त गीतमा यदुराज बरालको शब्द रहेको छ । हेर्नुस उक्त गीतको भिडियो यस्तो बनेको छ ।

‘हरियो पोते’ बोलको गीतमा अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ । गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् । असोज १७ गते सार्वजनिक गरिएको गितको भिडियोलाई हामीले यो समाचार गर्दा सम्म एक लाख १६ हजार भन्दा बढि पटक हेरीएको छ ।

भिडियोलाई ३ हजार ७ सय भन्दा बढिले मनपराएर लाईक गरेका छन् भने ९५ भन्दा बढिले मननपराएर डिस लाईक गरेका छन् । एक सय ९० भन्दा बढि कमेन्ट गरिएकोमा अधिकास कमेन्टहरु सकारात्क नै देख्न सकिन्छ । असोज १७ गते सार्वजनिक गरिएको “हरियो पोते” ओ एस आर नामक युटट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया