ईटहरी/ नेपालमै पहिलो ‘डी वाक’ डान्स भएको म्युजिक भिडियो सार्वजनिक भएको छ । डेजन र पिपर पौडेलको स्वर रहेको गीतमा चर्चित र्यापर  मानस घलेको र्याप रहेको छ भने म्युजिक भिडियोमा बद्री बिस्ट र युमी बलामीको रमाइलो ‘डी वाक’ डान्स रहेको छ । हेर्नुस् भिडियो ।

रोजेल थापाको निर्देशन रहेको  ‘डी वाक’ भिडियोमा  बद्री बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ । युवाहरुले मनपराउने विभिन्न नृत्यहरुमा म्युजिक भिडियो बने पनि ‘डी वाक’ डान्स भएको यो भिडियो पहिलो भएको र यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

तपाईको प्रतिक्रिया