ईटहरी/ पुराना अभिनेता दिलिप रायमाझि संगै अहिलेका चर्चित डान्सर राहुल शाहको अभिनय तथा नृत्यमा सजिएको म्यूजिक भिडियो “गारो भो” सार्वजनिक भएको छ । असोज २८ गते युट्युबबाट सार्बजनिक भिडियोको गीतमा अलमोडा उप्रेतिको शब्द, संगीत, स्वरमा सजिएको छ । म्यूजिक भिडियोमा निकैनै राम्रो अभिनय तथा नृत्य देख्न सकिन्छ । गारो भो म्यूजिक भिडियोमा निशान पोखरेल, भावना उप्रेति, सबिना एक्खा, अभि पाण्डे, सुनिता घतानी, कृष्ना शर्मा, अमृत मल्लको पनि अभिनय रहेको छ । हेर्नुस भिडियो

सुप्रिम पराजुलिको सम्पादनमा रहेको म्यूजिक भिडियोमा एउटा केटाले चार जना केटि घुमाई रहेको र दिलिप र राहुलले चलाखि गरेर आफ्नो बसमा ति केटिहरुलाई पार्न खोज्दा आफैले कुटाई खाएको कथालाई भिडियोमा रोमाञ्चक तवरले देखाईएको छ । हामीले यो समाचार तयार पार्दा सम्ममा गारो भो म्यूजिक भिडियोलाई ४ लाख ७६ हजार भन्दा बढि पटक हेरीएको छ ।

यता भिडियो युट्युब ट्रेण्डिङ्गको पनि १२ औ स्थानमा पुगेको छ । १९ हजार भन्दा बढिले म्यूजिक भिडियोलाई मनपराएर लाईक गरेका छन् भने ५ यस भन्दा बढिले मन नपराएर डिस लाईक गरेका छन् । ६ सय भन्दा बढि कमेन्ट गरिएको मध्यमा अधिकांस कमेन्टहरु सकारात्क नै देख्न सकिन्छ । यस गारो भो म्यूजिक भिडियो एट के इभेन्ट मुमेन्ट पिक्चर्स नामक युटट्युव च्यानल मार्फत सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया