ईटहरी/ वलिउडका प्रख्यात (IIFA) आइफा अवार्ड विजेता गायक अमित मिश्रा नेपाल आउने भएका छन । नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली. ले आयोजना गर्न लागेको एक कन्सर्टका लागी उनी नेपाल आउने तय भएको उक्त कम्पनिका सि.ई.ओ आशिष लामिछाने ले वताए । अमित मिश्राका साथै भारतको चर्चित ब्याण्ड “बम्बे भैकिन्ग्स” कि महिला गायिका गोरिशा नाथ पनि आउने भएकी छिन् । सो कन्सर्टमा नेपालका चर्चित गायक गायिकाहरुको पनि प्रस्तुति रहने बताईएको छ । यहि नोवेम्बर २२ तारिख शुक्रबार का दिन वेलुकी दरबार मार्गमा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लबमा सो कार्यक्रमको आयोजना हुँदै छ ।

को हुन अमित मिश्रा ?
अमित मिश्रा बलिउडमा निकै लोकप्रिय गायक हुन् । उनि भारतका चर्चित संगीतकार प्रितम संग सहकार्य गर्दै देश तथा विदेशमा आफ्नो आवाजको जादु फैलाउदै आइरहेका छन् । वलिउडका चर्चित नायक सलमान खान, अजय देवगन, टाइगर श्राफ, वरुण धवन, रणबीर कपूर, सुशांत सिंह राजपूत, फरहान अख्तर, आदिका लागि आफ्नो सुमधुर आवाज दिईसकेका छन् । सन् २०१६ र २०१७ को आइफा अवार्ड उनले जित्न सफल भए । अमितले त्यो बेला “ए दिल है मुश्किल” को ‘बुल्लेया’ बोल को गीतबाट अवार्ड हात पार्न सफल भएका थिए । यो संगै उनले थुप्रै अवार्डहरु पनि आफ्नो पोल्टोमा पार्न सफल भैसकेका छन् ।

उनले बलिउड सिने उधोगमा धेरै उत्कृष्ट गीतहरु गाईसकेका छन् । ती मध्ये फिल्म रेस ३ को ‘अल्लाह दुहाइ है’, भारतको ‘स्लोव मोसन मै’, सजन रेडियोको ‘ट्युबलाईट’, ए दिल है मुस्किलको ‘बुल्लैया’, दिल वालेको ‘मनमा ईमोसन जागे रे’, जुडुवा २ को ‘सुनो गनपती बापा मोर्या’, जग्गा जासुसको ‘गल्ती से मिस्टेक’, मुन्ना माईकल ‘डिङ डङ’, धिसुमको ‘सौ तराह के’, छिछोरेको ‘फिकर नट’, नखनौ सेन्ट्रल ‘मिरे कारवान’, गोलमाल अगेन ‘ईतना सन्नाटा क्युन है’, अक्सर २ को ‘तन्हाईया’, कमान्डौ २ को ‘सिधासाधा’ लगायत धेरै गीतहरु उनले गाएका छन र लोकप्रिय पनि बनेका छन् । उनले २०१३ देखि २०१८ सम्ममा देश र विदेश गरि ४०० भन्दा बढी कार्यक्रमहरू गरिसकेका छन्, ।

नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्ष ले जानकारी गराएको छ । यस कार्यक्रमबाट उठेको नाफाको केही प्रतिशत बृद्ध आश्रममा हस्तान्तरण गरिने जनाईएको छ । कार्यक्रममा सिने जगत, संचारकर्मी, कलाकारिता क्षेत्र, सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहने छ । सो कन्सर्टका लागि साधारण २५ सय र भिआईपी ३५ सय को टिकट ब्यवस्था गरिएको छ ।

पर्यटन वर्ष २०२० लाई पनि टेवा पुर्याउने उद्देश्य सहित गर्न लागिएको कन्सर्ट सफल हुनेमा आयोजक आशावादी छन् । यता गायक अमित मिश्राले नेपालका विभिन्न संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्नेछन् र साथसाथै उनको डकुमेन्ट्री प्रोजेक्ट मुभीको लागि पनि नेपालका यहि स्थललाई लक्षित गरेर भिडियो निर्माण गर्ने भएका छन् । जस्लाई उनले विभिन्न माध्यमको उपयोग गर्दै संसारभर प्रसारण गर्नेछन् ।

तपाईको प्रतिक्रिया