ईटहरी/ पुर्वेली दाेहाेरी गायक टिकाराम घिमिरे र लाेक गायीका अन्जु गाैतमकाे तिहार बिषेश ‘आए देउसे’ बाेलकाे गित युट्युब मार्फत सार्वजनिक गरिएकाे छ । गितमा घिमिरे र गाैतमकाे स्वर र घिमिरेकै शब्द, संगित समाबेश गरिएको छ । गितको संगित संयाेजन
कुन्दन राइले गरेका छन् । हेर्नुस भिडियो यस्तो बनेको छ

सार्बजनिक तिहार गीतको भिडियाेमा लाेक सस्कृति तथा गाउले परिवेशलाइ कलात्मक ढंगले झल्काईएको छ । लामाे सयम देखी दाेहाेरी गायकका रूपमा संघर्ष गरिरहेका घिमिरेले यस बर्ष हिन्दुहरूकाे महान चाड शुभ दिपावलीकाे अबसर पारेर लक्ष्मी पुजाकै दिन पारेर गित सार्वजनिक गरेका हुन् । गितलाई पुर्वाञ्चल डिजिटलका रूद्र श्रेष्ठले रेकर्ड गरेका हुन् ।

झ्याउरे भाकामा भएकाले पनि यस गितकाे भिडियाे उत्कृष्ट बनेकाे र दर्शक श्रोताले मन पराउनु हुनेमा आफु ढुक्क रहेको घिमिरे बताउछन । भिडियाेमा टिका घिमिरे, अन्जु गाैतम तथा साथीहरू देखीएका छन् भने नृत्यमा एफ एस डान्स सेन्टरका कलाकारहरूले कम्मर मर्काएका छन् । भिडियाेलाइ ड्रिम्स मल्टीमिडियाले निर्माण गरेकाे हाे भने निर्देशन तुलसी घिमिरेले गरेका छन् । भिडियाेकाे छायांकन र सम्पादन संगाेग जंग बिष्टले गरेका हुन् ।

तपाईको प्रतिक्रिया