ईटहरी/ दसैंको रमझम सकिए संगै उल्लास र उज्यालोको पर्व तिहार को सुरुवात भैसकेको छ। यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले यो पर्वलाई दीपावली पनि भनिन्छ । तिहारको बेलामा समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेला मात्र गाइन्छ । यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । हेर्नुस भिडियो

देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन रहेको छ । तिहारको अवसर पारेर गायक शिव लामिछाने सिवाजले “देउसी” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

यस गीतमा शब्द र संगीत जीवनको रहेको छ भने संगीत संयोजन सुरज विश्वकर्माले गरेका हुन् । सन्दिप र सुरज विश्वकर्माको गितार बादन रहेको गीतमा सौगात रसाईलीको बेस गितार बादन रहेको छ । जीवन को मुख्य अभिनयरहेको भिडियोमा अन्य थुप्रै कलाकारहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । कसम नेपालको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । कार्टुन क्रुजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक सोर्ताको राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ ।

तपाईको प्रतिक्रिया