ईटहरी/ झिलिमिली तिहारको समयमा समूह बनाएर धेउसी खेल्दै रमाईलो गर्ने प्रचलन रहि आएको छ । यस्तै एउटा पुरानो हास्यकलाकारहरुको समूह सिस्नो पानी नेपालले विगतमा जस्तै यो वर्ष पनि व्याङ्ग्यात्मक देउसी खेलेको छ । देउसीमा यस पटकको आकर्षण चिनियाँ राष्ट्रपति सी चिनफिङ बनेका छन् । हेर्नुस् भिडियो ।

हास्यकलाकार मनोज गजुरेलले चिनियाँ राष्ट्रपति सीको भूमिका निर्वाह गरेका छन् । उनले बिभिद बिषयमा कमेडी प्रस्तुति दिएका छन । सँगै देउसीमा राजनीति, समाज र तिनका प्रवृतिमाथि चर्को व्यंग्य गरिएको छ । प्रज्ञा भवन काठमाडौमा सम्पन्न धेउसी कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् ले उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा नक्कली ओलीको रुपमा सीताराम कट्टेल ‘धुर्मुस’ प्रस्तुत भएका थिए । उनको प्रस्तुतीकरणले पनि उपस्थित कोहि नहासी बस्न सकेनन् । उद्घाटन कार्यक्रममा नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सबै दलका शीर्ष नेतासँगै विशिष्ट व्यक्तित्वको सहभागीता थियो । यसपटक भने राजनैतिक बिषयमा खरो व्यंग्य गर्ने शैलेन्द्र सिम्खडालाई भने सिस्नोपनि टिमबाट हटाईएको थियो ।

तपाईको प्रतिक्रिया