ईटहरी/ प्रदेश १ को मुख्य सहरको रुपमा परिचित इटहरीमा पहिलो पटक नेपालि संगीत उधोगका लोकप्रिय पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानको कन्सर्ट आयोजना गरिने भएको छ । हाम्रो कार्ट काठमाण्डौको मुख्य आयोजनामा हुन लागेको कन्सर्टमा ईटहरिको सोच खबर र सिटि फेसन वेयर सह आयोजकको रुपमा रहेको छ । यहि महिना अर्थात कार्तिक ३० गते यो कन्सर्ट हुन लागेको हाम्रो कार्टका अध्यक्ष अर्जुन पुरीले जानकारी गराए ।

यस्तै पर्यटन र अर्थतन्त्रलाइ सहयोग पुर्याउने उदेश्यका साथ् एक दिने सास्कृतिक कार्यक्रम गर्न लागेको सोच खबरका प्रबन्ध निर्देशन कैलाश रेग्मीले बताए । कन्सर्टमा फ़िचर्ड हुने गायक एड्रिन प्रधानको ‘खैरो खैरो कपाल’, ‘सारा खुसि’, ‘नभन’, ‘मुटु भरिभरि’, ‘कोहि होस् यस्तो साथि’,’शिशिर झैँ रित्तो’ लगायतका गितहरु लोकप्रिय छन् भने अर्का गायक नबिन के भट्टराईको ‘ए झरी’, ‘खादै नखाको बिष’, ‘तिम्ले हेर्दा’, ‘तिमि हौ लाखौको धड्कन’, ‘डर लाग्छ’, ‘यहि हो त माया’, ‘छैन जुन किन’, ‘मा माया लाउदिन’ लगायतका गितहरु निक्कै लोकप्रिय छन् ।

नेपाल पर्यटन वर्ष २०२० लाई प्रबर्धन गर्ने उद्देश्यले पूर्वाञ्चल म्युजिक फेस्टिवल नाम दिएर उक्त कन्सर्ट आयोजना गर्न लागिएको कार्यक्रमका सचिव विशाल पुरीले बताए । सहयोगी हातहरूमा मेरो किचन, मनकामना डेण्टल, क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी काठमाडौँको पनि भूमिका रहने छ ।

तपाईको प्रतिक्रिया