ईटहरी/ अभिनेता अनमोल केसी फिल्म ‘धुपौरे’ बाट बाहिरिएका छन् । फिल्मको लागि अनमोलले वर्कशप समेत सुरु गरिसकेका थिए । तर कथामा परिवर्तन आएको कारण उनले फिल्म छाडेको बताइएको छ ।

फिल्मको छायांकन मंसिरबाट सुरु गरिने भनिएको थियो । अनमोलले छोडेपछि साम्तेन भुटियाको फिल्म ‘धुपौरे’ नबन्ने हल्ला चलिरहेको छ ।

तर निर्माता टोलीले भने फिल्मको भित्री काम भइरहेको जनाइएको छ । फिल्मका निर्माता जयन श्रेष्ठका अनुसार फिल्मको पोस्ट-प्रोडक्सनको काम भइरहेको छ ।

तपाईको प्रतिक्रिया