ईटहरी/ ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव-२०७६’ स्लोगनका साथ सुरु भएको छ । कात्तिक २१ देखि २३ गते सम्म तीन दिन चल्ने महोत्सव वीरगन्जबाट सुरु भएको हो । महोत्सवको आयोजना नेपाल चलचित्र निर्माता सङ्घले गरेको हाे । आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव-२०७६’ स्लोगनका साथ वीरगन्जको घण्टाघरबाट प्रभात फेरी र्‍याली गर्दै कार्यक्रम सुरु भएको हो ।

महोत्सवको उद्घाटन प्रभात फेरीमा कलाकार भुवन केसी, दिपा श्री निरौला, दीपक राज गिरी, निरुता सिंह, झरना थापा, निर शाह, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, वर्षा राउत, नीता ढुङ्गाना, छुल्ठीम गुरुङ लगायत उपस्थित थिए ।

मोहत्सव मुख्य अतिथीमा बलिउडका अभिनेता गोविन्दा अहुजा रहेका छन् । कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौँ कलाकारहरूको सहभागिता रहने छ । यो महात्सवको उद्देश्य चलचित्रको लगानीमा आकर्षण बढाउने रहेको छ ।

तपाईको प्रतिक्रिया