झुम्का/ थारु जागरण अभियान सुनसरीले थारु डान्स स्टार-२०७६ सिजन २ सुरु गरेको छ । “खोज नयाँ प्रतिभाको” नारा राखेर थारु डान्स स्टार सिजन-२ सुरु गरेको जागरण अभियानले जनाएको छ । गाउँ तथा शहरमा रहेका थारु युवा युवतीका लुकेका प्रतिभालाई उजागर गर्ने उद्देश्यले थारु डान्स स्टार प्रतियोगिता सुरु गरेको आयोजकले जनाएको छ ।

गत वर्ष थारु डान्स स्टारको पहिलो सिजन सफल सम्पन्न पश्चात् दोश्रो सुरु गरिएको हो । सुनसरीको इटहरी, खनार, इनरुवा, दुहवी, कालाबञ्जर लगायतका ठाउँका शहरहरुमा अडिसन गरिने थारु जागरण अभियान सुनसरीका निर्देशक निशान प्रकृति थारुले जानकारी दिए । उनका अनुसार विभिन्न सहरमा अडिसन आउदो मङ्सिरबाट सुरु हुनेछ । नाम थारुलाई जनाउने भएपनी उक्त थारु डान्स स्टार प्रतियोगितामा जुनसुकै जातजातीले सहभागिता जनाउन पाउनेछन् ।

साथै थारु गीत संगीतलगायत नेपालको तराई मधेसमा भएका मैथली र भोजपुरी गीतहरु सहभागी गराइने आयोजकले जनाएको छ । दोश्रो सिजनका बिजेताले नगद रु १ लाख, दोश्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले नगद रु २५ हजार तथा शिल्ड तथा प्रमाण पत्र पाउने छ । सहभागी हुन चाहनेहरुका लागि ५०० फारम शुल्क तय गरिएको छ । गत वर्षको बिजेता प्रमानन्द चौधरी, रविन चौधरी, दोश्रो प्रभा चौधरी र तेस्रो बन्दना चौधरी भएका थिए ।

तपाईको प्रतिक्रिया