ईटहरी/ बिगत लामो समय देखि संचारमाध्यम संग आबद्ध रहेर रेडियो मार्फत आफ्नो वाक क्षमता र कुशल आवाजले श्रोताको मनमा बस्न सफल तथा संचारकर्मी निश्चल कल्पनाको परिचय संचारकर्मी मात्र हैन उनि कुशल गीतकार पनि हुन् । यिनै कुशल संचारकर्मी तथा गीतकार निश्चल कल्पनाको शब्दमा नयाँ गीत “करेन्ट लाग्छ” सार्वजनिक भएको छ । रुपक डोटेल र मनिषा पोखरेलको स्वर रहेको गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

गीतकार कल्पनाको यसअघि पनि थुप्रै गीत सार्वजनिक भैसकेको छ जसमध्य गायक मनोज राजको स्वारमा रहेको “प्रिय तिम्रो” बोलको गीत  ‘तिम्रो न्यानो अङ्गालोमा” अन्जु पन्तको र “छुट्यो भेट” नरेन्द्र प्यासीको आवाजमा जस्ता गीतहरु चर्चित छन् । यिनै चर्चित गीत लेखेका गीतकार तथा संचारकर्मी कल्पनाको “करेन्ट लाग्छ” एक कार्यक्रमका बीच राजधानीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

ओ एस आर युटुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमा राम्रो प्रतिक्रिया पाएको छ । गीतको भिडियोलाई आदित्य बुढाथोकीले निर्देशन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोग्राफी रहेको भिडियोमा राज बस्नेत, बिनु शाक्य र करण शाहलाई फिचर गरिएको छ । मुकेश हुमागाईले छायांकन गरेको भिडियोको सम्पादन भने प्रकास एसके ले गरेका छन् । गीतलाई सोफिया बज्राचार्यले निर्माण गरेका हुन् ।

तपाईको प्रतिक्रिया