- सुवास संकल्प

ईटहरी/ नेपाली फिल्म पोइ पर्यो काले युट्युबमा सार्बजनिक भएको ५ दिन भयो । फिल्मले नसोचेको सफलता हात पारिरहेको छ । अझ यति भन्न सकिन्छ कि हलमा नपाएको सफलता यो फिल्मले यति छोटो समयमा युट्युबमा पाएको छ । फिल्मले ५ दिनको अवधिमा ५० लाख अर्थात आधा करोड भन्दा बढी भ्युज पाएको छ । सम्भवत यति छोटो समयमा यति धेरै भ्युज पाउने युट्युब नेपालको लागि यो पहिलो फिल्म हुन सक्छ ।

यता यति धेरै भ्युज पाएसंगै सो समाचार तयार पार्दैगर्दा फिल्म युट्युब नेपालको ट्रेन्डिङको पहिलो स्थानमा आईपुगेको छ । फिल्मले युट्युबमा २० घन्टा भित्रनै १० लाख बढी भ्युज पाएको थियो । अहिले फिल्मलाई लाईक गर्नेहरुको जमात १ लाख भन्दा माथी छ भने ८ हजार ३ सय मिश्रित प्रतिक्रिया पाएको छ । हेर्नुस् पूरा फिल्म ।

कोरोनाको करण नेपाल लकडाउन भएको मौकालाई चौका हान्दै सार्बजनिक गरिएको फिल्मले मज्जैको फाईदा बटुल्न सफल भयो । उता सोही दिन सार्बजनिक गरिएको सौगात मल्ल अभिनित फिल्म “पन्चेबाजा” पोइ पर्यो कालेको रफ्तारमा भ्युज बटुल्न सकेको छैन । तर युट्युब नेपालको ट्रेन्डिङको दोश्रो स्थान पकड गर्न सफल भएको छ ।

शुक्रबार युट्युवमा सार्वजनिक भएको “पोइ पर्यो काले” फिल्ममा चर्चित अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टि श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । कमेडी र सामाजिक विषयबस्तुमा तयार पारिएको यस चलचित्रमा एउटा कालो बर्णको केटा मन नपराउने एक युवतीबारेमा देखाईएको छ ।

कोरोनाबारे ज्योतिष हरिहरको ज्योतिषिय विधि :

तपाईको प्रतिक्रिया