ईटहरी/ कोरोनाले दिनप्रतिदिन त्रास बढिरहेको बेला बलिउडमा ठूलो क्षति पुगिसकेको छ । दिग्गज कलाकार इरफान खान र ऋषि कपुरको निधनपछि बलिउडलाई तेस्रो झटका लागेको छ । चर्चित फिल्म निर्माता तथा प्रोड्युसरर्स अफ इन्डिया (पिजिआई)का सिइओ कुलमित मक्करको शुक्रबार बिहान निधन भएको छ ।

पिजिआइका प्रवक्ताका अनुसार मुटुको समस्या रहेका कुलमीतको ६० बर्षको उमेरमा मृत्यु भएको हो । पिजिआइले एक विज्ञप्तिमा भारतीय चलचित्र र टेलिभिजन जगतको विकासमा उनको योगदान महत्वपूर्णृ रहेको जनाएको छ । कुलमीत मक्करको निधनमा बलिउड कलाकारहरूले ट्वीट गरेर उनलाई श्रद्धांजलि अर्पण गरेका छन् ।

तपाईको प्रतिक्रिया