ईटहरी/ भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।पुनम बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी छिन् । पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको छ ।

पुलिसले पुनमका साथै उनका साथी सेम अहमदलाई पक्राउ गरेको छ । मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ । आज उनलाई अदालतमा पेश गरिनेछ ।

तपाईको प्रतिक्रिया