काठमाण्डौ/ हाँस्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले नेपालको सीमा सम्बन्धी हाँस्य भिडियो सामग्री ‘लिपुलेक’ रिलीज गरेका छन् । युट्यूब मार्फत सार्वजनिक भिडियोमा नेपालको पश्चिमी भूभागको लिपिलेक क्षेत्रमा भारतले बनाएको सडकलाई प्रमूखता बनाइएको छ ।

भारतले तिब्बतको पवित्र धार्मिकस्थल मानसरोवर जाने बाटो नेपालको भूभागबाट बनाएपछि अहिले त्यसको तीव्र आलोचना र बिरोध भइरहेको छ । यसै सन्दर्भमा धुर्मुस-सुन्तलीले पटक-पटक नेताहरुले विभिन्न सन्धीका नाममा नेपालका थूप्रै भुभाग बेचिसकेको छ । हेर्नुस् भिडियो ।

धुर्मुस सुन्तलिले अहिले सीमा मिचिदा समेत बिभिन्न बहानामा जनतालाई झुक्याइरहेको भावमा रहेर भिडियो बनाएका छन् । भिडियोमा सांकेतिक रुपमा नेताको घर, श्रीमती र छिमेकीलाई प्रस्तुत गरिएको छ । भिडियोमा सुदिप बरालको छायांकन र सम्पादन रहेको छ भने धुर्मुस-सुन्तलीले नै निर्देशन तथा अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया