ईटहरी/ आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन्न । मनिषाले दिएकाे एउटा अभिव्यक्त्तिकाे कारण उनले नेपालमा राम्राे चर्चा कमाइन् । भारतीय मिडियाले उनकाे खेदाे खने ।

तर नेपाली पनि के कम उनकाे समर्थनमा उत्रिए । राजेश हमाल देखि निखिल उप्रेतीसम्म उनकाे समर्थनमा उत्रिए । उसाे त नेपाली अभिनेत्रीहरुले पनि उनलाई मज्जाले साथ दिए । तर सबैभन्दा बढी तनाब चै नाम जुध्न पुगेकी वर्षा शिवाकोटीलाई पर्यो । फ्यानको नराम्रो कमेन्ट र म्यासेजले दिक्क भएपछि नायिका वर्षा सिवाकोटी लेख्छिन्, ‘मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम–थर हेर्ने कष्ट गरिदिनुहोला’

उनले आफूलाई मेसेज पठाउन र कमेन्ट गर्नुअघि नाम र थर हेरिदिन आग्रह गरेकी छिन् । उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा यस्तो आग्रह गरेकी हुन् । उनले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’ उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।

तपाईको प्रतिक्रिया