- सुवास संकल्प

ईटहरी/ युट्युब पछिल्लो समय हरेकको लागि ठुलै प्लेटफर्म भएको छ । आफ्नो विभिन्न कला प्रदर्शन गर्दै पैसा कमाउने माध्यम पनि युट्युब बनेको छ । तर, नकारात्मकताले युट्युबलाई हेरिने दृष्टिकोण भने अलि फरक भएको छ । यस्तैमा यहि युट्युब मार्फत सार्बजनिक भई सर्बाधिक लोकप्रिय बनेको गीत ‘गलबन्दी’ सार्बजनिकको आज एक वर्ष पूरा भएको छ । यसका गायक तथा लेखक प्रकाश सपुतले सामाजिक संजालबाट खुसी प्रकट गर्दै सबैलाई धन्यवाद दिएका छन् । यो भिडियोलाई २०७६ को जेठ ११ गते युट्युबमा सार्बजनिक गरिएको थियो ।

यो अबधिमा सो भिडियोलाई ३ करोड ८७ लाख भन्दा बढी पटक हेरिएको छ । यो हेराई भन्दा ठूलो कुरा त यसमा फिचर्ड भएका सर्जकको रहेको छ । यो गीतको भिडियोमा फिचर्ड अञ्जलीको चर्चा यहि गीतबाट चुलियो भने उनको अभिनयको तारिफ अझै सम्म संगीतप्रेमी हरुले गर्छन । यता यो गीतलाई जन्मदिने र अञ्जली संगै अभिनयमा देखिएका प्रकाश सपुतलाई त यो गीत भगवान नै साबित भैदियो । सुस्त गतिमा चलिरहेको प्रकाशको चर्चा यो गीत सार्बजनिक भएपछि व्यापक बनिदियो । हेर्नुस् गलबन्दी ।

यतिसम्मकि चर्चाले सिमा नाघेपछी बिवादमा समेत मुछियो । सम्भु राईको एक गीत संग भाका मिलेको भनेर खुबै लफडा लाग्यो भने यसका कारण पनि यो गीतको लोकप्रियता बढेर गयो । गलबन्दी सार्बजनिक पछि मिडियामा छाउन थालेका प्रकाश एकाएक देश बिदेशका स्टेज कार्यक्रममा समेत यहि गीत मुख्य अस्त्र बन्दै ब्यस्त हुन थाले । टिपिकल भाकामा प्रयोग गरिएको फरक शैली र गीतमा समाबेश गरिएको सम्बादले लोक संगीतको ईतिहासमै नया प्रयोग भएको जानकारहरुले बताएका थिए । गलबन्दी युट्युबमा सार्बजनिकको छोटो समयमै सर्वाधिक लाईक र कमेन्ट पाउने गीत बनेसंगै लामो समयसम्म नेपाल र विभिन्न देशहरुमा ट्रेन्डिङको शिर्ष स्थान ओगट्न सफल गीत बनेको थियो ।

यस्तै सो गीतको भिडियोले बनाएको एउटा रेकर्ड आजको दिनसम्म पनि अन्य कुनै गीतकी भिडियोले तोड्न सकेको छैन । सो गीतको भिडियोलाई युट्युब नेपालमा सर्वाधिक छोटो समय अर्थात १८ दिनको अवधीमा करोड क्लबमा प्रवेश गरेको थियो । जुन रेकर्ड अझै कायमै छ । गीतलाई प्रकाश सपूत संगै शान्ती श्री परियारले गाएकी छन भने सो गीतको भिडियोलाई प्रकाशकै घरमा छायांकन गरिएको थियो । जहाँ प्रकाशको परिवारलाई समेत देख्न सकिन्छ । झन्डै ३३ हजारले भिडियोलाई कमेन्ट गर्दा ४ लाख ४१ हजार बढिले भिडियोमा लाईक बर्साएका छन् । बालबालिका देखि वृद्धबृद्धा सम्मको मुखमा झुन्डिएको सो गीतलाई अहिले पनि युट्युबमा हेर्नेको संख्या घटेको छैन । भिडियोको भ्युज दिनप्रतिदिन बढिरहेको छ ।

तपाईको प्रतिक्रिया