ईटहरी/ चलचित्र ‘सानो संसार’बाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी चर्चित नायिका हुन्, नम्रता श्रेष्ठ । नेपाली रजतपटमा उनको सुन्दरता र अभिनयको निकै तारिफ हुने गर्छ । बेलाबेलामा बिभिन्न कारण चर्चामा रहने नम्रता यतिबेला पनि आफ्नो नयाँ लुक्सका कारण चर्चामा आएकी छिन् । उनि फिल्म सगसगै म्युजिक भिडियोमा पनि उतिकै सक्रिय रहेकी छिन् । ‘मेरो एउटा साथी छ’ ‘नोभेम्बर रेन’ ‘जाइरा’ फस्ट लभ, छड्के, मौन, जस्ता फिल्ममा अभिनय गरेकी उनी पछिल्लो समय फिल्म ‘जाइरामा देखा परेकी थिइन् ।

उनि अभिनेत्री मात्र नभएर निमात्री र व्यवसायी पनि हुन् । पहिलो चलचित्र ‘सानो संसारबाट नै चर्चा बटुल्न सफल भएकी श्रेष्ठले हालै सामाजिक संजाल मार्फत तस्विर सार्वजनिक गरेकी छिन् । लकडाउनका कारण घरभित्रै समय बिताइरहेकी छिन् नम्रता । अभिनयका साथसाथै समाजसेवामा पनि सक्रिय नम्रताले केहिदिन पहिला मात्र ‘हाम्रो सानो प्रयास’ अभियान मार्फत ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने गरेर खाद्य र तरकारी बितरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया