ईटहरी/ विश्वभर फैलिएको कोरोनाभाइरसका कारण अहिले नेपाल लकडाउनमा छ । यो समयमा सर्वसाधरण फुर्सदमा छन् । यसै समयलाई मध्यनजर गदै केही चलचित्रहरू युट्युबमा भटाभट रिलिज भइरहेका छन् । त्यस्तै चलचित्र ‘लभ यु हमेशा’ पनि युट्युबमा सार्वजनिक गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको चलचित्रमा यशराज, ऋचा थापा र फिजा योन्जनको मुख्य भूमिका रहेको छ ।

मे २२ मा युट्युबमा बुढा सुब्बा डिजिटल मार्फत सार्बजनिक भएको यो फिल्म यतिबेला ट्रेण्डिङ्गमा पनि प्रवेश गरिसकेको छ । यो समाचार तयार गर्दै गर्दा फिल्मलाई झन्डै ३ लाख ७० हजार पटक हेरिएको छ भने युट्युब ट्रेण्डिङ्गको २२ औ स्थानमा रहेको छ । फिल्मलाई ७ हजार बढिले लाईक गरेको छ भने युट्युबमा फिल्म हेरेकाले सकारात्मक कमेन्टहरु गरेका छन् । हेर्नुस पुरा फिल्म ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्रमा रामजी लामीछानेको कोरियोग्राफी र शिब ढकालको छायांकन रहेको छ । भास्कर प्रधानको लेखन र निर्देशनमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सह निर्माण रहेको चलचित्रमा यशराज, ऋचा, फिजाका साथमा गोपाल ढकाल (छन्दे), करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा भासुको संगीत र एनवी महर्जनको द्वन्द्व निर्देशन छ ।

तपाईको प्रतिक्रिया