ईटहरी/ लकडाउनले यतिबेला सबै कुरालाई बाधा पुर्याएको छ । नेपालि सिने क्षेत्र ठप्प छ भने कलाकारहरु पनि घरभित्रै रहन बाध्य भएका छन् । तर प्रदर्शन भैसकेका फिल्महरूलाई भने लकडाउनले केहि फाईदा नै पुगेको बुझ्न सकिन्छ । यो मौकामा धेरै नेपालि फिल्महरूले यतिबेला युट्युब रिलिजको बाटो रोजेको छ । रिलिज पश्चात फिल्मले युटुबमा राम्रो प्रतिक्रिया पाएसंगै ट्रेण्डिङ्गमा पनि पर्ने गरेको छ ।

यस्तैमा अर्को एक फिल्म पनि युटुबमा सार्बजनिक भएको छ । नेपालि चलचित्रकी प्रथम नायिका भुवन चन्द थापाको निर्माण रहेको र केही पहिले प्रदर्शित फिल्म चलचित्र ‘साईनो’ युट्युबमा पनि रिलिज भएको हो । लकडाउनका बेलामा दर्शकहरुका लागि मनोरञ्जन दिन चलचित्र युट्युबमा राखिएको निर्माता भुवनले बताइन् । युट्युबमा सार्बजनिक पश्चात फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ । हेर्नुस पुरा फिल्म ।

यहि मे २२ मा सार्बजनिक भएको फिल्मलाई २ लाख भन्दा बढि पटक हेरिएको छ । रमेश थापाको निर्देशन रहेको फिल्मले ले सार्वजनिक प्रदर्शनबाट फिल्मले दर्शकको तारिफ पाउन सफल भएको थियो । चन्द्र बिनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको मूख्य अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया