ईटहरी/ लकडाउनको माहौलमा हलमा प्रदर्शन भएका विभिन्न फिल्महरु यतिबेला धमाधम युट्युबमा सार्बजनिक हुन थालेका छन् । हलमा खासै सफलता र चर्चा बटुल्न नसकेका फिल्मले पनि यतिबेला युट्युबमा भने ट्रेन्डिङमा प्रवेश गरेर राम्रै ख्याती कमाईरहेका छन् । यस्तैमा अर्को एक फिल्म पनि सार्बजनिक हुदैछ ।

तर, युट्युबमा नभएर टेलिभिजनमा सो फिल्मलाई सार्बजनिक गर्न लागिएको हो । नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह र नायक पुष्प खड्का अभिनित फिल्म ‘मारुनी’ टेलिभिजनमा प्रदर्शन हुन लागेको हो ।

बिएम टेलिभिजनबाट प्रसारण हुन लागेको सो फिल्मले प्रदर्शनताका नेपाली हलमा औसत व्यापार गरेपनी बिदेश प्रदर्शनमा भने राम्रै कलेक्सन गरेको थियो । यता, फिल्मको कथा र क्यारेक्टरलाई दर्शकले रुचाएका थिए । टेलिभिजनमा फिल्मको प्रदर्शन भोलि अर्थात सनिवार राती ८ बजे तोकिएको छ । जुन हेर्नको लागि कुनैपनि शुल्क लाग्नेछैन ।

तपाईको प्रतिक्रिया