ईटहरी/ लकडाउनको मौकामा एक अर्को नेपालि फिल्म पनि युट्युबमा सार्बजनिक भएको छ । यतिबेला युट्युब आम मानिसको फुर्सदको साथि बनेको छ । त्यसैले पनि यो लकडाउनको अबधिमा दर्जन बढि नेपालि फिल्म सार्बजनिक भैसकेका छन् । यस्तैमा २०७४ को २५ फागुन शुक्रबारबाट प्रदर्शन भएको फिल्म ‘हुर्रे’ २ वर्ष पछि युट्युबमा सार्बजनिक भएको हो ।

डार्क कमेडी जनरामा निर्माण भएको हुर्रेमा यम थापाको लेखन तथा निर्देशन रहेको छ । पशुपति परिसरमा हुने वास्तविक घटनालाई देखाइएको यस फिल्ममा केकी अधिकारी, अनुपविक्रम शाही, संगीता नापित, राजाराम पौडेल, विजय बराल, अंकित खड्का लगायतको मुख्य भूमिका रहेको छ । हेर्नुस पुरा फिल्म

फिल्मको एक गीत ‘ठेकीमा दही’ बोलको गीतले निकै चर्चा बटुलेको थियो । यस्तै गीत र ट्रेलरलाई निकै रुचाइएको थियो भने हलमा समेत संगै रिलिज भएका अन्य फिल्मको तुलनामा राम्रै सफलता हासिल गर्यो । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको लगानी रहेको यस फिल्ममा राजानराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शिव ढकालको छायांकन, चन्दन दत्तको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया