ईटहरी/ नेपाल यतिबेला लकडाउनमा छ । लकडाउनको ३ महिना बितिसक्दा पनि कोरोनाको त्रास भने रोकिएको छैन । पछिल्लो समयको डाटा हेर्ने हो भने त नेपालमा कोरोनाले उग्र रुप लिने संकेत देखाउदैछ । यस्तो भयावह अवस्थामा नेपाली सिने उधोग पनि ठप्प छ । यससँग सम्बन्धी कलाकार, प्राबिधिक, निर्माता, निर्देशकहरु खाली हात छन् । यता नायिका वर्षा सिवाकोटी भने सामाजिक कार्यमा पनि सक्रिय रहेको देख्न सकिन्छ ।

उनले केही समय अघि नेपाल सरकारलाई कोरोना नियन्त्रणको लागि आर्थिक सहयोग पनि गरिन् भने केही सस्थाहरुको सहकार्यमा पनि उनी सहयोगमा जुटिरहेकी छ । पछिल्लो समय वर्षा राउत बिवादमा पनि नामका कारण केही आलोचनाको घेराबन्दीमा परेकी सिवाकोटीले केही दिनका लागि फेसबुक डिएक्टिभ पनि गरिन । यस्तै पछिल्लो समय नेपालमा लोकप्रिय बनेको टिकटकको बिरोध गर्ने वर्षालाई अहिले सो सोसल साईटले मोहित बनाएको छ । उनको टिकटक एकाउन्टमा अहिले हरेक दिन भिडियोहरु पोस्ट भैरहेको हुन्छ । उनै अभिनेत्री वर्षा सिवाकोटीले सामाजिक संजालमा सार्बजनिक गरेको केही सेल्फी तस्विरलाई हेरौं ।

तपाईको प्रतिक्रिया