ईटहरी/ एक समय अर्थात २ वर्ष पहिले अत्याधिक भाईरल भएका बाल गायक अशोक दर्जीको बल्ल एकल गीत सार्बजनिक भएको छ । पछिल्लो समय मिडियामा खासै नदेखिएका दर्जीको ‘प्रणाम’ बोलको गीत सार्बजनिक भएको हो । जस्को भिडियोलाई यतिबेला युट्युबमा धेरैले नजर लगाईरहेका छन् । दर्जीको नया गित प्रणामलाई टंक बुढाथोकीले आफ्नै नामको युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

२ दिन अघि सार्बजनिक गरेको गीतको भिडियो यतिबेला ट्रेन्डिङमा समेत रहेको छ । यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब नेपाल ट्रेन्डिङको ८ औ स्थानमा पुगेको छ भने ८ लाख बढी पटक हेरिएको छ । ८७ हजारले भिडियोलाई लाईक गरेक छन भने १८ सयले डिसलाईक गरेका छन् । करिब १२ हजार कमेन्ट आएको छ । हेर्नुस् भिडियो ।

दरिलो भाग्य भएका अति बिपन्न परिवारका अशोक दर्जी आफनो गायकीबाट लोकप्रिय बनेका हुन् । दर्जीले अहिलेसम्म ४ वटा गित बजारमा ल्याएका छन तर एकल गायिकी भने हाल सार्बजनिक गीत मात्रै हो । उनले गायकका हरेक गितहरु पछिल्लो समयमा निकै भाइरल तथा चर्चामा रहेको थियो । दर्जीका हरेक गितहरुमा माया, प्रेम, दुख, सुख आदी कुराहरुलाई समेटिएको हुन्छ । सार्बजनिक गीतमा भने उनले आफुलाई माया गर्ने सबैलाई प्रणाम गर्दै बिगतका कुरा तथा दुखलाई सम्झिएका छन् ।

तपाईको प्रतिक्रिया