ईटहरी/ लकडाउनको मौका छोपेर करिव आधा दर्जन फिल्म युट्युवमा सार्वजनिक भएका थिए । अहिलेसम्म पनि सो क्रमले निरन्तरता पाईरहेको छ । उक्त फिल्महरु मध्येको एक फिल्म ‘पोइ पर्यो काले’ पनि हो । अहिले सो फिल्मले फिल्मलाई १ करोड भ्युज पाउन सफल भएको छ । फिल्मलाई युट्युबमा यहि मार्च २७ मा सार्बजनिक गरिएको थियो ।

करिब ३ महिनाको अबधिमा फिल्म करोड क्लबमा प्रवेश गरेको हो । फिल्मलाई सार्वजनिक प्रदर्शनमा आएको केही समयमै युट्युवमा राखिएको कारणले गर्दापनि फिल्मले छिट्टै धेरै दर्शक पाउन सफल भएको निर्माता किरण नेपालीले बताए । कमेडी जनारामा निर्माण भएको फिल्मले हलमा औसत सफलता पाएको थियो ।

फिल्ममा चर्चित अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सृष्टि श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । फिल्मलाई दिपक मनाङ्गे र सरोज नेपालीले निर्माण गरेका हुन् । कमेडी र सामाजिक विषयबस्तुमा तयार पारिएको यस चलचित्रमा एउटा कालो बर्णको केटा मन नपराउने एक युवतीबारेमा देखाईएको छ । फिल्मले युट्युबमा २ दिनको अवधिमै पनि २२ लाख भन्दा बढी भ्युज पाएको थियो ।

तपाईको प्रतिक्रिया