एजेन्सी/ भारतको नयाँ दिल्लीमा एक १६ वर्षीया टिकटक स्टार एवं डान्सर सिया कक्करले आ’त्मह’त्या गरेकी छिन् । सियाको निधन भएको उनको म्यानेजर अर्जुन सरिनले पुष्टि गरेका छन् । उनले सियाको सबै कामहरुको व्यवस्थापन र समर्थन गर्दै आएका बताएका छन् । म्यानेजर अर्जुनले राम्रो काम गर्ने सियाले केही व्यक्तिगत कारणले गर्दा यस्तो निर्णय लिएकी हुनसक्न बताएका छन् ।

नयाँ प्रोजेक्टका लागि हिजो राति उनले कुरा गर्दा सियाले नर्मल नै तरिकाले कुरा गरेकी बताए । अर्जुनल भने, “म र मेरो कम्पनी फेम विशेषज्ञहरूले धेरै कलाकारहरू व्यवस्थापन गरेका छौँ । सिया एक प्रतिभाशाली थिए।” साथी र फोटोग्राफर भाइरल भयानीले सामाजिक संजाल ट्वीटरमार्फत भने, ”एकदम दुःखद समचार १६ वर्षीया एकदमै राम्री सिया कक्करको आ’त्मह’त्यबाट ज्यान गएको छ ।”

उनले अगाडि भने, ”यो प्रकाशित गर्नु अघि मैले उनको प्रतिभा व्यवस्थापन एजेन्सीका प्रमुख अर्जुन सरीनसँग कुरा गरें जसले गीतको सहयोगका लागि गत राति उनीसँग कुराकानी गरेका थिए । त्यतीखेर उनी एक दम राम्रो मुडमा र पूर्णरुपमा ठीक रहेको बताए ।” उनको टिकटक हेर्दा केही घन्टा अगाडि सम्मै पनि खुसी मुडमा टिकटक भिडियोहरु पोस्ट गरिरहेको देख्न सकिन्छ । अहिले उनको भिडियोहरुमा श्रद्धाञ्जली दिनेहरुको लहर चलेको छ । कक्करको आ’त्माको चिर शान्तीको कामना ।

तपाईको प्रतिक्रिया