ईटहरी/ नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । गायिका प्रिती आलेको फेरी नयाँ रुप अनि नयाँ ढङ्ग संगै फरक शैलीमा तीज गीत ‘फरिया लरीलै बरिलै’ भखरै मात्र युट्युबमा सार्वजनिक भएको छ ।

सार्बजनिक गीतमा संगीतकार गायक एक नारायण भण्डारीले पछिल्लो समयमा फरक शैली र फरक भाकाकाे तीज गीत फरिया लरीलै बरिलै संकलन गरेका छन् । हेर्नुस भिडियो यस्तो बनेको छ

भण्डारीले आफ्नाे आधिकारिक युट्युव च्यानल बाट गीत सार्वजनिक गरेका छन् । एकनारायण भण्डारीकाे संगीत संयाेजन रहेकाे लाेक शब्दलाई पप फ्लेवरमा ढालेर प्रिती आलेले गाएकी हुन् । फरक शैलीमा लाेक भाकालाइ स्राेता, दर्शकमाझ ल्याउनमा भण्डारी माहिर संगीतकार रूपमा चिनिन्छन् ।

तपाईको प्रतिक्रिया