काठमाडौं/ चर्चित गायक प्रमोद खरेलकी पत्निको आज जन्मदिन परेको छ । गएको असार ३ गते छोरीका बाबु बनेका गायक खरेलले आज अस्पतालको सिसियु कक्षबाटै पत्निलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत छोरी जन्मेपछि अस्पतालमा भएका कुराहरु खोलेका छन् ।

उनले फेसबुकमा पत्निलाई फुल दिएको तस्बिर शेयर गर्दै भनेका छन्-असार १५, उनको जन्मदिन, तर…सधै जस्तो छैन यो असार १५, उनी CCU मा छिन् । नियतीले यसपाली अस्पतालको CCU कक्षबाटै उनको जन्मदिन मनाउदैछौं ।स्वास प्रस्वास समस्या भएपछि छोरी जन्मेर सिधै NICU गइन्। जन्मेको ६ दिन पछि मात्र NICU बाट छोरी लाइ निकालेर भेट्न पाएकी उनी आफै फेरि १२ औं दिनमा CCU पुगिन । सुत्केरी अवस्थामा हुने घातक postpartum cardiomyopathy ले आक्रमण गरेपछि मुटुको मुटुले राम्रो काम गर्न नसकेर इमरजेंसी अल्का हुदै मनमोहन मुटु अस्पतालमा गम्भिर अवस्था मा पुगिन ।

तर अहिले धेरै सुधार छ । उता घरमा आज १९ औं दिन सम्मै इन्जेक्शन पम्प र नर्सको साथमा छोरी युद्ध जित्दैछिन । आज सॉझ डिस्चार्ज भइन भने जम्मा ३ दिन मात्र भेट भएका आमा छोरी को पुनर्मिलन हुनेछ। उपचारमा संलग्न डाक्टर नर्स प्रति नमन छ । आधा त्रास र आधा आशको समय पार गर्दै यो कठिन मोड़मा CCU मै उनलाइ जन्मदिनको अनगिन्ती अनगिन्ती शुभकामना, My bravo अब चॉडै ठिक हुनेछौ.. प्रार्थना अनि कामना ।

तपाईको प्रतिक्रिया