काठमाडौँ/ लोकप्रिय नायिका साम्राज्ञी आरएल शाह र लोकप्रिय निर्माता तथा अभिनेता भुवन केसीबिचको लफडा सतहमा आएको छ । शुक्रवार अभिनेत्री शाहले चलचित्रको सुटिङ सेटमा कलाकारमाथि निर्माता-निर्देशकले गर्ने नराम्रा व्यवहारको बारेमा इन्स्टाग्राममा पोष्ट गरेपछि नेपाली सिने जगतमा तरंग नै पैदा भयो । साम्राज्ञीको कटाक्ष भुवन केन्द्रित थियो ।

भुवन नेपाली चलचित्रका सदावहार नायक र पछिल्लो समयका जल्दोबल्दो निर्माता तथा नायक अनमोल केसीका बाबु पनि । यो खबर भाइरल बन्दै गएपछि आइतवार साँझ भुवनले पनि मुख फोरे । उनले फेसबुकमा अहिलेसम्मकै आक्रोशपूर्ण स्टाटस लेख्दै साम्राज्ञीलाई गतिलो जवाफ दिँदै भने ‘ड्रिम्स’ को नाम बेचेर अहिलेसम्म खाइरहेको आरोप लगाउँदै ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’ भन्दै आक्रोश पोखे । तर उनले सिधै साम्राज्ञीको नाम भने लिएनन् । भुवनले सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन समेत चुनौती दिए । हेर्नुस् भुवनको सो स्टाटसपछी फर्काएको जवाफ

भुवनको उक्त स्टाटसले सिने क्षेत्रमा फेरी आगो बाल्यो । भुवनले स्टाटस पोष्ट गरेको १ घण्टामा नै साम्राज्ञीले भुवनलाई कडा झड्का लाग्ने गरी ८ मिनेट ५९ सेकेण्ड लामो भिडियोमा भुवनको अन्तर कुन्तर नाली बेली नै खोलेकी छन् । तर उक्त भिडियोमा पनि उनले भुवनको नाम उल्लेख नगरे पनि डेब्यू फिल्म ड्रिम्स, अंकल, लगायतका शब्दावली भने प्रयोग गरेकी छिन् ।

भुवन केसीले फेसबुकमा स्टाटस लेखेको एक घण्टापछि इन्स्टाग्राममा एक भिडियो पोष्ट गर्दै साम्राज्ञीले आफ्ना फ्यानले स्क्रिन सर्ट पठाएको जानकारी दिँदै भनेकी छिन् ‘एक जनाले के भन्नुभएको छ जुन थालमा खायो त्यही थालमा दुलो पार्‍यो । उहाँले मसँग राम्रो व्यवहार गर्नुभएको थियो भने यो अवस्था आउने नै थिएन ‘। ‘आजको यो परिस्थििको मुख्य कारण अंकल नै हो ‘ उनले भनेकी छिन् ।

निकै थकित र तनावग्रस्त अवस्थामा भिडियोमा देखिएकी साम्राज्ञीले अगाडी थपिन् ‘जापान अवार्डमा उहाँले ममाथि नराम्रो व्यवहार समेत गर्नुभयो । अहिले सम्झिँदा घिन लाग्छ । अवार्डमा अभिनेता केसीले भनेको कुरा सम्झँदै उनले भनिन् ‘तँ त मेरो प्रोडक्ट हो । अब पुरानो कुरा कोट्याएर फाइदा छैन, सबै बिर्सिदे बाबा, छोरी ।’ साम्राज्ञीले अघि भनिन् ‘तर मैले हाँसेरै उहाँलाई टारिदिए ।

ती कुराहरु भनिरहँदा भुवन केसीले आफूमाथि ह्यारेस्मेन्ट गरेको आशय समेत साम्राज्ञीले ब्यक्त गरिन् । भुवनले देखाएको नराम्रो ब्यबहारको रहस्य खोल्दै उनले भनिन् उहाँले मसँग गाला जोडेर, टाँसिएर के गर्न खोज्नुभएको ? के गाला नै टाँस्नुपर्छ र बोल्दा ?’ भुवनले देखाएको व्यवहार गलत भएको थाहा पाउँदा पाउँदै पनि आफ्नो बल्दो फिल्म करिअर धरापमा पर्ने डरले म केही बोलीन । ‘ठूला मान्छेहरुले पनि नबोल्ने सल्लाह दिएका थिए मलाई ‘ साम्राज्ञीले भनिन् ।

तपाईको प्रतिक्रिया