ईटहरी/ नेपालमा पछिल्लो समय छोटो भिडियो साझेदारी साईट टिकटक एकदमै चर्चित छ । यसैबाट लोकप्रियता कमाउनेहरुको पनि कमि छैन भने आम्दानी समेत गरिरहेका छन् । हालै यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ‘तिमी बिजी टिकटकमा’ । जहाँ नेपाली टिकटक स्टारलाई नै फिचर्ड गरिएको छ ।

सार्बजनिक गीतमा गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको छ भने गीतमा संगीत पनि उनै सम्झनाले भरेकी छन् । गीतमा एरेन्ज नरेन्द्र वियोगीको रहेको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा नेपाली टिकटक स्टार रेश्मा घिमिरे र हास्यकलाकार सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्देसन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया