ईटहरी/ लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् । यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै नयाँ गीत सार्वजनिक भएको छ ।

झापा घर भइ अमेरिकामा बस्दै आएका गीतकार राजेश अर्यालले यस गीतका शब्द लेखेका हुन् । प्रेम भाव बोकेको ‘मायालु’बोलको यो गीत  एल्बम ‘स्मृति’ भित्र समावेश छ । गीतमा संगीत  गायक भूपू पाण्डेको नै रहेको छ । हेर्नुस् भिडियो ।

म्युजिक भिडियोमा सुनिल क्षेत्री र वीना राउतको रोमान्स देख्न सकिन्छ । अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई सुनिल क्षेत्रीको कोरियोग्राफी र  निर्देशन गरेका हुन् । गीतकार राजेश अर्यालको अफिसियल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।  

गीतकार अर्यालको यसअघि “प्रेमको फुल”, “बाउकी सोझी छोरी”, “आइ लव यु , आइ मिस यु” लगायतका दर्जनौ चर्चित गीतहरु सार्वजनिक भैसकेका छन् । भर्खरै सार्वजनिक ‘मायालु’लाई दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ । यस भिडियोलाई माया गरिदिन सम्पूर्ण दर्शक, स्रोतालाई गीतकार अर्यालले आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया