काठमाडौँ/ चर्चित हाँस्यकलाकार कुन्जना घिमिरे सुन्तलीको आज जन्मदिन हो । ललितपुरमा जन्मेकी कुन्जना घिमिरे हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अभिनय गरेपछि चर्चामा आएसँगै म्यूजिक भिडियो, चलचित्रका अलावा सामाजिक काममा औधी सक्रिय बनिन् ।

जन्मदिनको अवसरमा उनका पति तथा हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले शुभकामना दिएका छन् । बिहानैदेखि आफ्ना परिवार र शुभचिन्तकबाट सुन्तलीलाई शुभकामना थाप्न भ्याई नभ्याई बनेको छ । सुन्तलीका लागि उनका पति सिताराम कट्टेल धुर्मुसले यसरी सुभकामना दिए :

प्रिय कुन्जना !
जन्मदिनको हार्दिक शुभकामना !!
मेरो जीवनमा तिम्रो आगमनले सदैव खुसी ल्याएको छ । तिमी मेरो लागि माया, छहारी र आँट हौ । तिमीले मेरो जीवनमा इँटा हैन विश्वासको पर्खाल लगायौ । दु:ख छेक्ने छानो छायौ । ममताको चौतारी बनायौ र परिवारको जग बसायौ ।
तिम्रै मार्गदर्शनले हामीले लाखौँ आफन्त कमायौँ ।
तिम्रा जीवनका आगामी दिनहरू अझ सुखद् बनुन् । तिमीबाट प्राप्त प्रेमको यो नदी अनवरत बगिरहोस् । फेरि पनि शुभकामना !

तपाईको प्रतिक्रिया