काठमाडौं/ बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को मुख्य अभिनेता प्रदीप खड्काले कोरोना टेस्ट गराएका छन् । निर्माता, निर्देशक सन्तोष सेन र कार्यकारी निर्माता एवं सामाजिक अभियन्ता चक्र बहादुर चन्दसँगै अभिनेता खड्काले कोरोना टेस्ट गराएका हुन् ।

कोरोना महामारीको समयमा पनि ‘प्रेमगीत–३’को टिमले कोरोना संक्रमित विभिन्न क्षेत्रहरुमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको यो टिमको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’ प्रर्दशनका क्रममा आएर रोकिन पुगेको थियो ।

त्यस्तै, ‘प्रेमगीत–३’को यस समूह अर्को प्रोजेक्टको तयारीमा जुटिरहेको पनि निर्माता-निर्देशक सेनले जानकारी गराएका छन् । ‘प्रेमगीत–३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया