- सुवास संकल्प

ईटहरी/ पछिल्लो समय नेपालि सेलिब्रेटीहरु एक पछि अर्को गर्दै विवादित हुने क्रम बढ्दो छ । कोहि राष्ट्रियताको बारेमा विवादित भए भने कोहि देशको जिल्ला र प्रदेशको बारेमा ज्ञान नहुदा आलोचित बन्न पुगे । यता राजेश हमाल महानायक हैनन् भन्ने अभिव्यक्तिका कारण पनि कलाकार आलोचनाको घेरा भित्र परे भने कोहि नेपोटिजमका कारण विवादमा फसेका छन् । यता साम्राज्ञी राज्य लक्ष्मी शाह पनि आलोचित बन्न पुगेकी छन् । फिल्म छायांकनका क्रममा भएको दुर्व्यवहारको बारे बोल्दा यतिबेला उनकै आलोचना धेरै भैरहेको छ । पुजा शर्मा, बर्षा राउत, सुष्मा कार्की, दिपा श्री निरौला र साम्राज्ञी राज्य लक्ष्मी शाह यो लकडाउनमा विवादित हुने मुख्य पात्रहरु हुन् ।

साम्राज्ञी बाहेक सबै अन्तरबार्ताका कारण नै विवादित भए । प्रश्नको जवाफ दिदा बोलि चिप्लिएर र पर्याप्त ज्ञान नहुदा यी सेलिब्रेटी विवादको चर्को चपेटामा परे । यता साम्राज्ञीले पनि आफ्नो ईन्स्टामा एक भिडियो सार्बजनिक गर्दै घिनलाग्दो हेडलाईनमा सार्बजनिक हुने अन्तरबार्ताले आफ्नै बैज्जत हुने भन्दै यो पटक कसैलाई अन्तरबार्ता नदिने निर्णय गरेकी छन् । साम्राज्ञीको सो भिडियो हेर्नुस

तयारि र ज्ञान बिना अन्त्रबार्तामा बोल्दा पाईने प्रतिक्रियाको बारे यी सेलिब्रेटी त जानकार भए नै यता अन्य सेलिब्रेटी यस्तो दलदलमा नफसुन भन्दै कलाकार दिपक राज गिरीले एक लामो स्टाटस लेखेका छन् । उनले अन्तरबार्तादेखि होसियार भन्दै यस्तो लेखेका छन् :

आज म लेख्दैछू……interview देखि होशियार!!! केहि दिन देखि देखिरहेको छू कलाकारहरू ले interview मा बोलेको कुरा एकपछि अर्को बिबादमा आइरहेको छ कोहि राष्टियताका बारेमा चिप्लिरहेका छन्! कोहि देशको जिल्ला , प्रदेशको बारेमा चिप्लिय !
कोहि सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए ! कोहि नेपोचिज्मका बारेमा, कोहि के मा कोहि के मा … यो सबै किन भैरहेछ ?
interview लाइ नाइ भन्न नसक्ने हाम्रो बानिले गर्दा !!!! पत्रकार भाइले फ़ोन गर्यो “लौ न interview दिन पर्यो, क्यामाराको ढक्कन खोल्यो सुरू भैहाल्यो, टेडा मेडा प्रश्नको झटारो सुरू हुन्छ…. हामि कलाकार बिना तैयारी पत्रकार रिसाउला भनेर कनि कनि बिना तैयारी बोल्न सुरू गर्छौ जसो जसो interview अगाडि बढ्छ, हामि कलाकारको जिब्रो चिप्लिन थाल्छ, ब्यबसायिक पत्रकार मनमनै खुशि हुन थाल्छआहा, ओहो, TRP , !! पत्रकार ले फेरी उत्साहित हूदै सोध्न थाल्छ “मुस्तागं कुन जिल्लामा पर्छ था छ ? कलाकारले एकछिन टाउको कनाउदै जवाफ दिन्छ “मनागं जिल्ला होला“ हाहाहाहा लामो हॉसो पनि जान्छ

पत्रकार कुटिल हॉसो हॉस्छ, कलाकार र पत्रकार बिचको interview शाखा अधिकृतको जागिरको लागि लिइएको interview जस्तो हुन थाल्छ, कलाकार चूपचाप नजानेको बिषयमा बोल्दै जान्छ ? अन्त्यमा, आज त गज्जब भो interview भोलि हेर्नुस है भन्दै पत्रकार खुशि साथ बिदा हुन्छ… भोलि interview आउदैन, interview संग संगै आपत आइलाग्छ जताततै भाइरल, बिरोध, गालिको बर्षा !!! त्यसपछि कलाकारको निन्द्रा कमसेकम ३ दिनको लागि गायब.. हामि किन यसरी बिना तैयारी बोल्न अगाडि सर्छौ? किन बारम्बार चिप्लेर लज्जित हूदै माफि माग्छौ? Interview दिदॉ selective किन हूदैनौ हामि? सबै पत्रकारको नियत राम्रो हुदैन !! ७०% त TRP र headline को चक्करमा हुन्छन् ! अनि किन हामि सधै उनिहरूको यो TRP को trap मा परेर आफ्नो ब्यक्तित्व कमजोर बनाइरहेका हुन्छौ! राम्रो नियत भएको, headline मा जोड नदिने, सकारात्मक पत्रकारीता गर्ने साथिहरू लाइ हामि कहिल्यै स्थान दिदैनौ, यस्तै चटपटे headline seller हरूका लागि २४ घन्टा उपलब्ध हुन्छौ हामि, चलचित्रको प्रमोशन देखि हरेक कुरामा कुनै सिमाना राख्दैनौ, interview लाइ सामान्य रूपमा लियौ र लिन्छौ पनि ! घन्टौ क्यामारा अगाडि फतफताएर आफूले आफूलाइ धेरै पल्ट सस्तो पनि बनायौ !!!

अब यस बारेमा सोच्ने बेला आयो कि ? याद गरौ पछिल्लो केहि दिनलाइ कोहि राष्ट्रीयता बारेमा सचेत हुदॉ हुदै कुरा स्पष्ट भन्न नसक्दा फन्दामा परे, कोहि राजेश हमाल सुपरस्टार हो कि होइन भन्ने बारेमा चिप्लिए उहॉले सुपरस्टार हो तर यो क्षेत्रकों अभिभाबकत्व पनि निभाउन पर्यो भन्न खोज्दा शब्द संयोजनमा समस्या उत्पन्न भइ सुपर स्टार नै होइन भन्ने बुझिन गयो, पूरा interviewe त कस्ले हेर्ने यॉहा ? कोहि कलाकार १४ जिल्लामा फसे एउटा कलाकारले सामान्य ज्ञान कन्ठ गर्नै पर्छ ? प्रश्न सोध्ने पत्रकारलाइ पनि हंगेरीको प्रधानमंत्री को नाम था होला ? भिमसेन थापा पछि को प्रधानमंत्री थिए था होला ? केपि ओली ज्यूलाइ पहिलो कलर नेपाली फ़िल्म कुन हो था होला? सबैलाइ सबै कुरा था हुनु ज़रूरी छैन कोहि कलाकार nepotism का सबालमा बोल्दा चिप्लिए जबकि नेपालमा चलचित्र उद्योग नै बाल्यकाल मैं छ यस्ता nepotism त बिकसित उद्योगमा हुने कुरा हो

त्यसैले हामिले अरूलाइ दोष दिनु भन्दा सकेसम्म चटपटे interview हरू बाट भागौ, Interview दिदॉ छानेर, बुझेर, प्रसस्त तैयारी गरेर दिऔ चित्त नबुझेको कुरा पत्रकारलाइ अनुरोध गरेर यो चाहि काटिदिनुस यो चाहि नबोलौ होला भन्ने गरौ ! दोष पत्रकारको मात्रै छैन हाम्रो पनि छ, चलचित्र प्रमोशनको समय देखि हरेक दिन हामि interview का लागि लालायित हुने, यस्का लागि पत्रकार संगको अत्याधिक सामिप्यता राख्ने, सबै आन्तरिक कुरा खोल्ने, यस्ता कुराहरूमा हाम्रो पनि कमजोरी छ अत interview को लागि फोन आउछ भने खुशि होइन, होशियार होऔ, सकेसम्म टारौ, नसके पत्रकार संग प्रसस्त छलफल गरेर आफू पूर्ण रूपमा तैयार भएर मात्रै interview face गरौ आफ्नो ब्यक्तित्व, आधा घन्टाको interview बाट स्वाहा नपारौ!!!….. जय नेपाली चलचित्र !!!

तपाईको प्रतिक्रिया