ईटहरी/ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्रको सुटिङ सेटमा केही निर्माता तथा निर्देशकले आफूमाथि नराम्रो व्यवहार गरेको बताएपछि चलचित्र क्षेत्रमा यतिबेला यही विषयमा विभिन्न खाले टिप्पणी भइरहेका छन् । यसबीच, चलचित्र ‘कोहलपुर एक्सप्रेस’ का निर्देशक विशाल भण्डारीले भने चलचित्र क्षेत्रमा महिलाबाट पुरुष पनि प्रताडित भएको बताएका छन् ।

विभिन्न तरिकाले मानसिक तनाव झेल्न बाध्य बनाउने महिलाको बारे मौन बसेका पुरुष पनि अगाडि आउन आवश्यक रहेको र विभिन्न समयमा विभिन्न तरिकाले पुरुषलाई प्रयोग गर्न पल्केका महिला जमातको पनि कमी नभएको उनको भनाई छ । उनले फेसबुकमा लेखेका छन्, ‘यहाँ कुरा महिलालाई गरिने दुर्व्यबहारको मात्र हैन, दरिद्र सोचको पनि हो । कामको लोभमा गरिने आचरण र त्यसको नतिजाको पनि चर्चा हुन जरुरी छ ।’ हेर्नुस उनको स्टाटस

‘हरेक घटनाको तीन पाटो हुन्छ । पहिलो पक्ष, दोश्रो पक्ष अनि सत्य । सत्य कहिले बाहिर आउँदैन ।
‘वर्तमान समाजले पुरुषले महिलालाई थप्पड हान्दा कस्तो फटाह रैछ केटो र महिलाले पुरुषलाई थप्पड हान्दा पनि पक्कै केटाकै गल्ती हो भन्ने एक पक्षिय धारणा बोकेको छ । यो धारणा परिवर्तन हुन जरुरी छ,’ उनले लेखेका छन् ।

सुन्दरतालाई हतियार बनाउन पल्केका महिलाले पुरुषलाई ब्ल्याकमेल गर्न सक्ने गरि सामाजिक बहस हुनु पर्ने उनको तर्क छ । उनी यसका लागि सर्वपक्षिय बहस हुनुपर्ने आवश्यकता औंल्याउँछन् । घटनाको यथार्थ र गहिराइ नबुझि धारणा व्यक्त गर्दा निर्दोषलाई मानसिक पीडा हुने उनी बताउँछन् ।

तपाईको प्रतिक्रिया