ईटहरी/ यतिबेला कोरोनाले विश्व महामारीको रुप लिईरहेको बेला नेपाली सिने नगरी भने आलोचना र विवादको खेलमा रुमल्लिरहेको छ । यहाँ कहिले अन्तरबार्तामा सिमा विवादको कुरामा कलाकार चुकीरहेका छन भने देशको प्रदेश तथा जिल्लाको बारेमा नजान्दा सामाजिक सन्जालमा ट्रोलको सिकार संगै विवादित बनिरहेका छन् । यता पुराना कुरा कोट्याएर साम्राज्ञी राज्य लक्ष्मी पनि चर्चामा छिन् ।

उनले आफ्नो पहिलो फिल्म ‘ड्रीम्स’ लगायत ३ फिल्ममा आफुलाई भएको गलत कार्य तथा दुर्ववहारको बारेमा बोल्दा उनी चर्चामा छिन भने यो विवादमा अभिनेता भुवन केसि पनि मुछिन पुगे । साम्राज्ञीले दुर्ववहारको बारे आफ्नो ईन्स्टामा भिडियो साझेदार गरेपछी भुवनले पनि आफ्नो फेसबुकमा जवाफ स्वरुप एक स्ट्याटस राखेपछी सिने नगरिमा नया तरङ्ग नै पैदा भयो । अहिले एक अर्काको पक्ष विपक्षमा दोहोरी चलिरहेको छ । यसै क्रममा अभिनेता सोभित बस्नेत पनि बोलेका छन् ।

उनले भुवनको पक्ष लिएर सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यो बिषयको बारे बोलेका छन् । उनले साम्राज्ञीको नाम नतोकेपनी स्ट्याटसले साम्राज्ञी लाई नै प्रश्न गरेको सिधै बुझ्न सकिन्छ । उनले ‘सदाबहार नायक भुवन केसिको चलचित्र प्रतिको योगदानको अबमुल्यन गर्दै नराम्रो नराम्रो प्रचारबाजी गर्दै आउनुभएको मित्रहरू पहिला तपाईं को हो ?’ भनेर प्रश्न गरेका छन् । हेर्नुस् उनको पूरा स्ट्यास्टस :

‘सदाबहार नायक भुवन के सि को  चलचित्र प्रती योगदान को अबमुल्यन गर्दै नराम्रो नराम्रो प्रचार बाजि गर्दै आउनु भएको मित्रहरु पहिला तपाई को हो ? र भुबन दाइको अगाडी तपाई कहाँ हुनु हुन्छ भन्ने कुराको  मनन गर्नु होला । भ्रामक कुरा लाई सपोर्ट गर्दा कहिँ कतै तपाईंले ले उहाँको अनेकौं बर्ष फिल्मी यात्रा को परिणामको कारण यो लाइनमा छु भन्ने बिर्सनु भो कि l’

तपाईको प्रतिक्रिया