- सुवास संकल्प

ईटहरी/ पछिल्लो समय सामाजिक संजालबाट भाईरल हुदै सेलिब्रेटिको दर्जा पाउनेहरु निक्कै बढेर गरेको छ । युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक संजालमा आफ्नो कला प्रदर्शन गर्दै आफुलाई स्थापित गराउन सफल हुनेहरु नेपालमा पनि बढिरहेको छ । यस्तै भाईरल भएर सेलिब्रेटिको दर्जा तिर लम्किरहेको एक जोडीको म्युजिक भिडियो सार्बजनिक भएको छ । टिकटकमा भिडियो बनाउदै आफ्नो अभिनय र नृत्य कला प्रदर्शन गरिरहेका सुधिर श्रेष्ठ र उनकी श्रीमती रोशनी श्रेष्ठ पछील्लो समय स्व श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का अभिनित फिल्म ‘कोहिनुर’मा समाबेश गीतमा टिकटक भिडियो बनाएर भाईरल भएका थिए । छोटो समयमा धेरैको माया पाएका यो जोडीले म्युजिक भिडियोमा पनि मौका पाए ।

जुन २ साताअघि सार्बजनिक भएको थियो । ‘ए है माया’ बोलको डान्सिङ्ग गीतमा छमछमी नाचे । तर सुधिरको श्रीमती रोशनीले भने भिडियोमा नाच्ने मौका पाएकी छैनन् । सुधीरले आफ्नो मोबाईलमा रोशनीको फोटो हेरेर सम्झिएको मात्र देखिएको छ । गीतको भिडियो सार्बजनिक भएको २ सातामै ५० लाख बढी पटक युट्युबमा हेरिएको छ । १ लाख ४९ हजारले भिडियो लाईक गरेका छन् भने ५ हजार ७ सयले डिसलाईक गरेका छन् । यस्तै भिडियो अझै पनि युट्युबको ट्रेन्डिङमै रहेको छ । यो समाचार तयार गर्दै गर्दा भिडियो ट्रेन्डिङको छैठौ स्थानमा रहेको छ । हेर्नुस सो गीतको भिडियो यस्तो बनेको छ ।

भिडियोमा ११ हजार बढिले सकारात्मक प्रतिक्रिया दिएका छन् । सार्बजनिक गीतको भिडियोमा अन्य चर्चित अनुहारलाई पनि देख्न सकिन्छ । हास्य टेलिफिल्म भद्रगोल तथा सक्किगोनिबाट चर्चा कमाउदै मोडलिङ्गमा समेत राम्रो स्थान पकड गर्न सफल सागर लम्साल ‘बले’, म्युजिक भिडियो मोडलिङ्गमा स्थापित हुदै नेपालि फिल्ममा गन्तीका अभिनेता बन्न सफल पल शाह र वेब सिरिजबाट चर्चामा आएकी रियाशा दाहाल फिचर्ड भएका छन् । जारि लकाडाउनको दौरानमै छायांकन भएको भिडियोलाई युट्युबमा सार्बजनिक पश्चात धेरै सकारात्मक प्रतिक्रिया आईरहेको छ ।

भिडियोमा पनि लकडाउनलाई पालना गर्दै कोरोना महामारीसंग सुरक्षित तवरले लड्न आग्रह गरिएको छ । क्वारेण्टाईन भित्रको मायाप्रेमलाई कलात्मक तथा रोचक ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । सार्बजनिक भिडियोको गीतमा मेलिना राई र सरोज ओलीको स्वर रहेको छ भने गायक ओलीले नै गीतको सब्द तयार गरेका हुन् । म्युजिक भने दिपक शर्माले भरेका छन । गायक ओलीले नै निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् । भिडियोको कन्सेप्ट तथा कोरियोग्राफी भिक्रम स्वरको हो । भिडियो सार्बजनिक अघिदेखि नै यो गीत टिकटकमा लोकप्रिय हुन थालिसकेको थियो । हाल टिकटकमा यो गीत प्रयोग गर्दै भिडियो बनाउनेहरुको लहर नै चलेको छ ।

तपाईको प्रतिक्रिया