ईटहरी/ यतिबेला नेपाली फिल्म नगरी भित्रैका हस्तिहरु बिच आरोप प्रत्यारोप भैरहेको छ । सुष्मा कार्की र पुजा शर्माको द्वन्द सकिन नपाउदै साम्राज्ञी राज्यलक्ष्मी शाह र भुवन केसि बिचको अन्तरद्वन्द्व चरम उत्कर्समा पुगेको छ । एकले अर्कोलाई सामाजिक संजालबाट आरोप प्रत्यारोप लगाउने देखि अहिले पक्ष बिपक्षमा दोहोरि चलिरहेको छ । यता एक युवतिले साम्राज्ञीको पक्ष लिदै बोलेकी छन् । उनले भुवन केसि संग कुराकानी गरेको च्याट भिडियो समेत सार्बजनिक गरिन् । हेर्नुस् भिडियो ।

क्यानडा निवासी श्वेता रेग्मीले भुवन केसीले आफुलाई सामाजिक सञ्जाल मार्फत अपशब्द प्रयोग गरेको आरोप समेत लगाएकि छन् । उनले भुवन संगको च्याट भिडियो सार्बजनिक गरेपछी धेरैले बिस्वास नगरेको कारण फेरि लाईभ आएकी श्वेताले आफुमाथी अपमान भएको बताईन । भुवनले फेसबुकमा भिडियो कल गर्न लगाएको र सो कलमा बोलेको कुराहरु लाईभमा आफुले भन्न नसक्ने बताईन् । फेसबुकमा रिक्वेस्ट पनि भुवनले नै पठाएको र नायिकाको लागि ब्युटी एण्ड बोल्ड भन्दै प्रस्ताव गरेको उनले भनिन् । हेर्नुस् उनको लाईभ भिडियो ।

उनले आफुले भुवन केसीसंग गरेको सो कुरा सार्वजनिक गर्नुको पछाडी आफु दुर्ववहारमा परेको हो भनेर जानकारी दिनुभन्दा पनि अभिनेत्री साम्राज्ञीले आफुलाई भएको दुर्ववहारको कुरा गर्दा उनी माथि लगाइएको आरोपका कारण सार्वजनिक गरेको बताएकी छन् । उनले कुनै पनि महिलाले आफुमाथि त्यस्ता कुरा तत्काल सार्वजनिक नगरेको भनेर साम्राज्ञीलाई प्रश्न आइरहेका कारण उनले आफुले पनि विभिन्न कारणले तत्काल त्यसको विरोध गर्न नसकेको बताएकी छन् ।

भुवनले आफुमाथि साम्राज्ञीले लगाएको सम्पुर्ण आरोप झुटो भन्दै छानविनका लागि चलचित्र कलाकार संघमा उजुरी समेत दिएका छन् । यस्तै साम्राज्ञीले यस्ता कार्य नरोके कानुनि कारबाहीमा आफू अघि बढ्ने समेत चेतावनी दिएका छन् । साम्राज्ञीले पनि आगामी दिनमा यस्ता कमजोरी कसैबाट पनि नदोहोरियोस भन्नलाई आफुले कानुनी परामर्श लिने पछिल्लो पटक सार्बजनिक भिडियोमा भनेकी छन् ।

तपाईको प्रतिक्रिया