ईटहरी/ नेपाली सांगीतिक बजारमा चहलपहल बढ्दो छ । महिलाहरुको महानपर्व तीज नजिकिँदै गर्दा कलाकारहरु तीज गीत रेकर्डिङ र सुटिङमा दौडधुप गरिरहेका छन् । करिब ३ महिना थला परेको सांगीतिक बजारमा पछिल्लो दुई साता यता १ दर्जन बढी नयाँ तीज गीत डिजिटल बजारमा आइसकेको छ ।

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा चर्चित लोक दोहोरी गायक र ‘काउली बुढी’ क्यारेक्टरले परिचित गायिका सन्ध्या बुढाको ‘बालै फरर’ नामक तीज गीत बजारमा आएको छ । हेर्नुस भिडियो

गायक मोहन खड्काको लय तथा नेत्र अर्यालको शब्द तथा बिशाल निरौलाको एरेन्जमा सन्ध्या बुढा र मोहन खड्काको आवाजमा गीत बालै फररको अडियो गीत तयार पारिएको छ भने गीतको म्युजिक भिडियोमा चर्चित मोडलहरुलाई देख्न सकिन्छ । चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन, कारण चैसिरको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको गीतमा चर्चित कलाकार रामचन्द्र अधिकारी, ओबी रायमाझी, सन्ध्या बुढा र प्रकाश सापकोटाको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया