इटहरी/ दिवंगत नायक सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भए लगत्तै युट्युब नेपालको दोस्रो ट्रेन्डिङ छ । यो समाचार तयार पार्दासम्म ट्रेलर रिलिज भएको १८ घण्टामै उनका फ्यानहरुले २ करोड १७ लाख भन्दा बढी पटक हेरिसकेका छन् । अभिनेता सिंहले आ’त्मह’त्या गरेपश्चात् उनको यो अन्तिम फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको थियो ।

२ मिनट ४५ सेकेन्ड लामो ट्रेलरमा सुशान्त र अभिनेत्री सन्जना सांघी एकछत्र छाएको देख्न सकिन्छ । फिल्मको ट्रेलरलाई यो समाचार तयार गर्दासम्म २ करोड १७ लाख ५९ हजार ७ सय ६६ पटक हेरिएको छ । यो हेरिने क्रम सेकेन्ड सेकेन्डमा उकालो लागि रहेको छ । ट्रेलरलाई ४७ लाखले त लाईक मात्रै गरेका छन भने १४ हजारले डिसलाईक गरेका छन् । २ लाख ६८ हजार बढी आएको कमेन्टमा धेरैले सुशान्त लाई सम्झिएका छन । हेर्नुस् ट्रेलर ।

२४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज गर्ने तयारी गरिएको फिल्मको मुख्इ कथा क्यान्सरसँग जुधिरहेकी सन्जनाको वरीपरी घुमेको छ । जन ग्रीनको उपन्यास द फल्ट इन आवर स्टार्स र यही नामको हलिउड फिल्ममा आधारित यस चलचित्र सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने बताइएको छ । २९ नोभेम्बरमा रिलिज हुने भनिएको फिल्म कोरोना कहरको चपेटामा परेर रिलिज हुन नसकिरहेका बेला सशुान्तले गत १४ जुनमा अप्रिय कदम चालेपछि अहिले बलिउड गहिरो शोकमा डुबेको छ ।

तपाईको प्रतिक्रिया