काठमाडौं/ गायक प्रकाश सपुतले नयाँ गीत ‘नमस्कार’ सार्वजनिक गरेका छन् । करिब एक वर्षपछि गायक सपुत नयाँ गीत लिएर दर्शकमाझ आएका हुन् । उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन् भन्ने सन्देश दिन खोजेका छन् । गीतको भिडियो यतिबेला यु्ट्युव ट्रेन्डिङमा छ ।

गीतमा प्रकाशकै शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगरको अभिनय हेर्न सकिन्छ । भिडियोलाई उनका भाइ देवेन्द्र बब्लुले निर्देशन गरेका छन् । भिडियोमा प्रविण भट्टको सम्पादन र अनिल के मानन्धरको छायाङ्कन रहेको छ । भिडियोलाई छोटो समयमै दर्शकले मन पराएका छन् । हेर्नुस् भिडियो ।

सार्बजनिकको एक दिनमै भिडियोलाई ४ लाख बढी भ्युज प्राप्त भएको छ भने ट्रेन्डिङको २४ स्थानमा उक्लिसकेको छ । ३९ हजार बढिले भिडियोलाई लाईक र ३ हजार बढीले सकारात्मक प्रतिक्रिया दिएका छन् । लामो समयको लकडाउनको कारण दर्शकमाझ जान नपाएर छट्पटिएको एक गायकले आफ्नै वरिपरि देखेको खुसीलाई भिडियोमा चित्रित गरिएको छ ।

तपाईको प्रतिक्रिया