काठमाण्डौं/ हालै कलाकार दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘उहाँ महानायक हो र!’ भनेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो । यस विषयमा नायिका निरौलाले हमालका फ्यानसँग माफी नै माग्नुपर्‍याे । यही विषयमा अहिले नायिका केकी अधिकारी पनि सामाजिक संजाल मार्फत बोलेकी छन् । उनले आमालाई पात्र बनाएर व्यंगात्मक शैलीमा दीपाश्री महिला भएकै कारण हेपिनुपरको आशय प्रकट गरेकी छन् । उनले आफ्नो फेसबुकमा यस्तो लेखेकी छन् ।

‘बिगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घन्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ । नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो । अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो । सहनै गाह्रो हुने प्रतिक्रियाहरु आउछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो ।

म एकछिन घोत्लिए अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी,पहिलो गल्ती त तपाईं छोरी भएर जन्मिनु भो । ल त्यस्मा हाम्रो केही चल्दैन, अनि फेरि तपाईं सफल चाहिँ किन हुनुभो ? ल त्यो पनि पचाउने प्रयास गरुला, अनि फेरि तपाईंले भयंकर गर्नुभो के, होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईंले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगोनी ।

यो पनि पढ्नुस :

राजेश हमाल भावुक बन्दै मध्यरातमा लाईभ, दिपालाई क्षमा दिन अनुरोध (भिडियो सहित)

गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त । अनि थाहा पाइपाइ यत्रो अपराध गरिदिने ? हामीलाई तेस्तो अनुमती छ र ? यहाँ कुनै दीपा, पूजा, बर्षालाई गल्ती गर्ने छुट छैन है । भन्देको छु नी । मान्छे बन्ने कोशिस नगर्नु । ल आमा तपाईंले यो पनि हेरिहाल्न्नु हुन्छ, त्यसैले ढुक्क हुनु है। मैले तेस्तो केही लेखेको छैन । हाम्रो समाजकै समर्थनमा लेखेकी छु । मैले मरनासन्न हुने गरि गाली खान्न होला । मेरो चरीत्र जोगिन्छ होला ।

तपाईको प्रतिक्रिया