ईटहरी/ ललित कुमार थापाको निर्देशनमा ‘फर्स्ट क्रस’ बन्ने भएको छ । कोरोना महामारीका बिचमा घोषणा भएको फिल्मको छायांकन पनि चाडै सुरु हुने बताइएको छ । भोजपुर, काठमाडौँ लगायत नेपालका विभिन्न स्थानमा फिल्मको छायांकन हुनेछ ।

प्रियल फिल्म प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको फिल्ममा नयाँ र पुराना कलाकारहरुको अभिनय गर्नेछन् । हाल फिल्मको स्क्रीप्ट तयार भैरहेको निर्देशक थापाले बताए । निर्देशक थापाकै कथा रहने फिल्ममा स्क्रीप्ट पनि थापकै रहनेछ ।

२०२१ मा रिलिज गर्ने टार्गेट रहेको फिल्मको निर्माता सपना राई, मिलन राई, पासाङ शेर्पा हुन् । फिल्मको कार्यकारी निर्माताको रुपमा मनोज राराहाङ राई, यजराज कुँवर छन् । श्री श्रेष्ठले एक्सन निर्देशन गर्ने फिल्मको छायाँकन निकमल मोक्तानले गर्नेछन् ।

निर्देशनमा थापालाई राजु घिमिरेले सघाउने जानाकारी छ । सस्पेन्स लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा एक्सन पनि रहनेछ । एक्सनको लागि कलाकारलाई मार्सलाट र जिम गराईरहेको निर्देशक थापाले बताएका छन् ।

तपाईको प्रतिक्रिया