काठमाडौं/ लकडाउनका कारण फिल्म नगरी पुरै ठप्प छ । फिल्म छायांकन तथा प्रदर्शन देखि प्रचारप्रसारको कार्यहरु यतिबेला भैरहेको छैन । तर, प्रदर्शनमा आइसकेका फिल्महरु यो बेला भटाभट युट्युबमा सार्बजनिक भैरहेको छ । यसै क्रममा डेढ वर्ष अघि हलमा प्रर्दशन भएर समग्रमा मिश्रित प्रतिक्रिया पाएको चलचित्र ‘चंगा चैट’ पनि युट्युबमा सार्वजनिक गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको ‘चंगा चैट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ । हेर्नुस् पूरा फिल्म ।

माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । कमेडी जानराको भनिएको यो फिल्ममा ३ युवाको कथा देखाइएको फिल्म बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
यो पनि पढ्नुस :

राजेश हमाल भावुक बन्दै मध्यरातमा लाईभ, दिपालाई क्षमा दिन अनुरोध (भिडियो सहित)

तपाईको प्रतिक्रिया