- सुवास संकल्प

ईटहरी/ केही महिना अघि नेपाल आईडल ३ बाट लोकप्रिय हुँदै सबैमाझ परिचित रचना रिमालको आवाजमा रहेको ‘फोटो फिरिममा’ बोलको मेल भर्सनको गीतको भिडियो सार्बजनिक भएको छ । सार्बजनिक पश्चात छोटो समयमै राम्रो सफलता र चर्चा पाउन सफल भएको छ । रचनाले गाउदै सर्वाधिक सफल र लोकप्रिय बनिसकेको सो गीतको मेल भर्सन र जस्को म्युजिक भिडियो अझै सशक्त बनाएर सार्बजनिक गरिएको छ । फिमेल भर्सनको गीतको भिडियोलाई धेरै सुधारको प्रतिक्रिया प्राप्त भएकोले यो पटक भने आफ्नो कलाकारिता जिवनकाल भरिको अनुभवलाई समेट्दै दर्शक तथा सुभचिन्तकलाई यो कोसेली सुम्पेको शिशिर भन्डारीले बताए ।

युट्युबमा सार्बजनिकको २ दिनको अवधिमै भिडियो लिई झन्डै ७ लाख पटक हेरिएको छ । यो समाचार तयार गर्दै गर्दा भिडियो युट्युब ट्रेण्डिङ्गको पनि तेश्रो स्थानमा पुग्न सफल भएको छ । यो यात्रा सार्बजनिकको छोटो समयमै सुरु भएको हो । मेल भर्सनमा नेपाल आईडलबाटै चर्चामा आएका प्रताप दासको स्वर रहेको छ भने शब्द तथा संगीत शिशिर भन्डारीको रहेको छ । एरेन्ज कुशल शिहले गरेका हुन् । लकडाउन बिचमै गीत रेकर्ड तथा भिडियो छायांकन गरेर सार्बजनिक गरिएको हो । भिडियोलाई शिशिर भन्डारीकै युट्युब च्यानल नया नया न्युज नेपालबाट सार्बजनिक गरिएको छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

युट्युबमा भिडियोलाई ६५ हजारले लाईक गरेका छन् भने झन्डै ९ हजारको हाराहारीमा भिडियोलाई सकारात्मक प्रतिक्रिया प्राप्त हुदा ११ सयले डिसलाईक गरेका छन् । भिडियोमा शिशिर भन्डारीलाई अहिले सम्मकै फरक अवतारमा देख्न सकिन्छ । उनको स्वरुप र अभिनयले धेरैलाई मन्त्रमुघ्द बनाउछ । बिछोड र धोकाको कथालाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको भिडियोमा शिशिरलाई रिस्ता बस्नेतले अभिनयमा साथ दिएकी छिन् । भिडियोमा उनको भुमिका पनि सशक्त रहेको देख्न सकिन्छ ।

भिडियोको अन्त्यमा ‘हामी फेरि आउनेछौ’ भनिएको छ । यसको अर्थ अब फेरि फोटो फिरिममाको दोश्रो पार्ट आउने बुझ्न सकिन्छ । भिडियोमा शिशिर भन्डारी र रिस्ता बस्नेत संगै निक्स शर्मा, श्रद्धा गौतम, निरायु गौतम र निर्मल न्यौपानेको पनि अभिनय रहेको छ । सार्बजनिक भिडियोलाई सागरबाबु भट्टले निर्देशन गरेका छन भने अनिल के मानन्धरले छायांकन गरेका हुन् । भिडियोमा प्रबिन भट्टको सम्पादन रहेको छ भने उनी पनि भिडियोमा विशेष रुपमा प्रस्तुत भएका छन् । सार्बजनिक पस्चात भिडियोला धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया