काठमाडौं/ कोरोना भाइरसका कारण गरिएको लकडाउनमा नायिका करिश्मा मानन्धर घरमै छिन् । त्यसो त उनी लकडाउन हुनुअघि पनि कुनै फिल्मको शूटिङमा व्यस्त थिइनन् । फिल्ममा व्यस्त नभए पनि करिश्मा विभिन्न कार्यक्रममा भने पुग्ने गर्थिन् । सामाजिक सञ्जालमा करिश्माको सक्रियता पनि उत्तिकै बढ्दो छ । उनले फ्यानका लागि भन्दै युट्युब च्यानल पनि खोलेकी छिन् ।

यी सदावहार अभिनेत्रीले साउन लागेसँगै ‘श्रावण महिनाको नक्कल’ भन्दै सामाजिक सञ्जालमा तस्वीर शेयर गरेकी छिन् । साउनमा नेपाली हिन्दू नारीहरु हरियो चुरा र मेहेन्दीमा सजिने गर्छन् । करिश्माले मेहेन्दी त लगाएकी छैनिन् । तर, हरियो सारी र चुरामा सजिएका तस्वीर शेयर गरेकी छिन् । हेर्नुस् उनले शेयर गरेका तस्वीर:

तपाईको प्रतिक्रिया