मुम्बई/ दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचरा’ ले नयाँ रेकर्ड राखेको छ । यो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज भएको २४ घण्टाभित्र ७ करोड ५० लाखभन्दा बढीपटक हेरिएको छ ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला

यसअघि फिल्मले ट्रेलर रिलिज हुनासाथ सर्वाधिक हेरिने रेकर्ड राखेको थियो । छोटो समयमा यति धेरै भ्यूज पाएको यो पहिलो बलिउड फिल्म बनेको छ ।

प्रेम कथामा आधारित यो फिल्ममा सुशान्त सिंह राजपूत र सञ्जना साँघी शीर्ष भूमिकामा छन् । ‘द फल्ट इन आवर स्टार्स’ उपन्यासमा आधारित यो फिल्मलाई हटस्टारमार्फत बिहीवार साँझ रिलिज गरिएको थियो । फिल्मलाई मुकेश छावराले निर्देशन गरेका हुन् । यो फिल्म दर्शकले रुचाएका छन् ।

तपाईको प्रतिक्रिया