काठमाडौँ/ यतिबेला भुवन केसि र साम्राज्ञी राज्य लक्ष्मी शाह बिच ठूलो वार चलिरहेको छ । सामाजिक संजालबाट सुरु भएको यो वार अदालतमा पुगिसकेको छ । सम्राज्ञीले ह्यारेसमेन्ट भएको भन्दै भुवनलाई आरोप लाएपछी यो विवाद चर्किएको हो ।

यतिबेला कोहि भुवनको पक्षमा बोलिरहेका छन् भने कोहि साम्राज्ञीको पक्षमा बोलिरहेका छन् । यस्तैमा नायिका दिपशिखा खड्काले पनि साम्राज्ञीको पक्षमा बोल्दै भुवनलाई काली मोसो दकेर जुत्ताको माला लाउनु पर्ने भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

बिज्ञापन : तीज गीतमा टिकटक भिडियो पठाउनुस्, नगद पुरस्कार जित्नुस, बिस्तृत जानकारीको लागि यो क्लिक गर्नुहोला


आफ्नो फेसबूकमा उनी लेख्छिन् -‘भुवन काकालाई १० करोडको क्षतिपूर्ति दिनु पर्‍यो अरे तेस्का बाजे १० वटा जुत्ताको माला लगाएर हनुमानढोका घुमाउनु पर्छ । त्यो पनि कालो मसो दलेर ।’

उनी थप्छिन् -‘कहिले ब्यक्तिगत कुरा निकाल्ने, कहिले घराएसी कुरा निकाल्ने, अनि अब १० करोडको माग ?? यो बोका नै हो । मलाई पनि राम्रो सग थाहा छ बोल्न परेको दिन बाहुको बिहे देखाइ दिन्छु ।’ स्टाटसमा उनको आक्रोश उग्र देखिन्छ । उनले आफू पनि हिंसामा परेको बताएकी छिन् । आफू सन्की स्वभावको भएकोले तुरुन्तै बोलेको र सुटिङ छोडेर समेत हिडेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया