ईटहरी/ लोक तथा दोहोरी गीतमा काम गर्ने कलाकारहरूका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो, तीज । तीजको समय कलाकारहरूलाई भिडियो छायाङ्कनदेखि स्टेज कार्यक्रमसम्म भ्याई नभ्याई नै हुन्छ । तर, कोरोनाका कारण कलाकारहरूलाई यस वर्ष तीजमा मन्दी छाएको छ ।

न पहिलाको जस्तो गीतको छायाङ्कन चलेको छ, न त कुनै स्टेज कार्यक्रम नै आयोजना भएका छन् । सबै कलाकार फुर्सदिला नै छन् । तीजको समय सबैभन्दा व्यस्त हुने मोडल हुन्, अञ्जली अधिकारी । अञ्जलीले १ वर्षमा ५० भन्दा बढी तीज गीतमा अभिनय गर्थिन् ।सोहीअनुरूप स्टेज कार्यक्रममा पुग्थिन् । हेर्नुस भिडियो

यस वर्ष भने अञ्जलीलाई पनि कुनै ताकेता छैन । उनी फुर्सदले भिडियोमा काम गर्न भ्याइरहेकी छन् । यस वर्ष उनले केही तीज गीतमा मित्र अभिनय गर्न भ्याएकी छन् । अञ्जली भन्छिन्, ‘पहिलाको जस्तो अवस्था यस वर्ष रहेन । पहिला दौडधुप गरेर काम गर्नुपर्थ्यो । यस वर्ष आधाको पनि आधा कम भएको छ ।’

तपाईको प्रतिक्रिया